०३ असार २०८३, बुधबार

निधिले दिल्लीमा कञ्चनपुर हत्याकाण्डको कुरा उठाउँदा के भनिन् सुष्मा स्वराजले ?

कात्तिक २०, २०७४
निधिले दिल्लीमा कञ्चनपुर हत्याकाण्डको कुरा उठाउँदा के भनिन् सुष्मा स्वराजले ?
काठमाडौँ, ३ चैत - भारत भ्रमणमा रहेका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधि र भारतीय विदेशमन्त्री सुष्मा स्वराजबीच आज भेटवार्ता भएको छ ।sushma

स्वास्थ्य समस्याका कारण केही समय आराम गरेकी विदेशमन्त्री स्वराजले गृहमन्त्री निधिसँग गरेको यो नै पहिलो उच्चस्तरीय भेटघाट हो । दुई देशका प्रतिनिधिहरुको भेटघाटअघि गृहमन्त्री निधि र भारतीय विदेशमन्त्री स्वराजबीच करिब १५ मिनेट छुट्टै भेटघाट भएको थियो ।

विदेश मन्त्रालयमा भएको भेटमा गृहमन्त्री निधिले केही दिनअघि कञ्चनपुरमा भारतीय सीमा सुरक्षा बलले चलाएको गोली लागेर एकजना नेपालीको मृृत्यु भएको घटनाबारे विदेशमन्त्री स्वराजको ध्यानाकर्षण गराएका थिए ।

सो अवसरमा भारतीय विदेशमन्त्री स्वराजले कञ्चनपुर घटना अपसोचपूर्ण घटना घटेको बताउँदै निर्दोष व्यक्तिको मृत्यु भएकोमा दुःख व्यक्त गरिन् । त्यसपछि गृहमन्त्री निधिले घटनाको अनुसन्धान गरी दोषीमाथि कारबाही गर्नुपर्नेमा जोड दिएको उपप्रधानमन्त्री निधिका प्रेस विज्ञ रामजी दाहालले जानकारी दिए।

जबाफमा विदेशमन्त्री स्वराजले अनुसन्धानमा नेपाल सरकारको पनि सहयोग हुनुपर्ने भन्दै दोषीमाथि कारबाही गर्ने प्रतिबद्धता जनाएको प्रेस विज्ञ दाहालले बताए ।

भेटमा गृहमन्त्री निधिले नेपाल भारत सीमा विवादका सम्बन्धमा विगत तीन वर्षदेखि काम गर्दै आएको तीनवटा संयुक्त प्राविधिक टिममा दुईवटा टिम थपेर सीमा स्तम्भलगायतका प्राविधिक कामलाई थप गति दिने प्रस्ताव गरेका थिए । उक्त प्रस्तावमा भारतीय विदेशमन्त्री स्वराजले प्राबिधिक टिम थप्ने बिषयमा भारतीय पक्ष सकारात्मक भएको बताए ।



भेटका अवसरमा भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्याय पनि सहभागी थिए ।

salt training

कमेन्ट गर्नुहोस्