काठमाडौँ, ३ चैत - सङ्घीय गठबन्धन केन्द्रीय आन्दोलन मूल परिचालन समितिको आजको बैठकले आन्दोलनका थप कार्यक्रम सार्वजनिक गरेको छ ।

बैठकले चैत ४ देखि २१ गतेसम्भम जनअवज्ञा तथा असहयोग आन्दोलन, सबै जिल्ला सदरमुकाममा श्रद्धाञ्जलि सभा, माइतीघर मण्डलमा दीप प्रज्वलन तथा विभिन्न सहरमा जनप्रदर्शन र विरोध सभालगायत कार्यक्रम सार्वजनिक गरेको छ ।