हनिमुनमा जानका लागि रकमको अभाव भए तपाईं के गर्नुहुन्छ ? तपाईं कि त ऋण गर्नु होला कि त हनिमुन कार्यक्रम नै स्थगित गर्नुहुन्छ होला ।

तर, चीनमा भने एक बेहुलीले हनिमुन मनाउँन जानको लागि पैसा जम्मा गर्ने अनौठो तरिका अपनाएकी छिन् ।
उनले आफूले चाहेको स्थानमा हनिमुन मनाउन जानको लागि आवश्यक रकम जम्मा गरेको तरिकाको भिडियो पछिल्ला दिनमा इन्टरनेटमा भाइरल बनेको छ ।
चीनको उत्तरी प्रान्तको एक स्थानमा दुलहीले विवाह कार्यक्रममा आएका व्यक्तिलाई स्तन छुन दिएर रकम उठाइरहेकी भिडियो सार्वजनिक भएको छ ।
विवाहमा आएका पुरुष मात्र होइन महिला समेत उनको स्तनमा हात लगाउँछन् र रकम तिर्छन् । चीनको यस भिडियो विवाहको नभएको र पैसाकमाउनका लागि गरिएको हर्कत भएको भिडियोमा प्रतिक्रिया आएका छन् ।