
काठमाडौं, ४ चैत - निर्वाचन आयोगले फोटो सहितको मतदाता नामावली संकलन कार्य बन्द गरिसकेको छ । निर्वाचन आयोगले अघिल्ला निर्बाचनहरु देखिनै मतदाता नामावली संकलन गरेको थियो । त्यसपछि पनि जिल्ला प्रशासन कार्यालयसँगको सहकार्यमा आयोगले निरन्तर मतदाता नामावली संकलन गरिरहेको थियो । निर्वाचनको घोषणा भएपछि चाहिँ मतदाता नामावली संकलनको काम बन्द भएको छ ।