१३ असार २०८३, शनिबार

नेपाली शान्ति सेना फर्काउन सरकारले लेख्यो पत्र

चैत २७, २०७५
नेपाली शान्ति सेना फर्काउन सरकारले लेख्यो पत्र

काठमाडौं–सरकारले लिबियास्थित संयुक्त राष्ट्रसंघीय कार्यालय सुरक्षामा खटिएका नेपाली सैनिकलाई फिर्ता गराउन राष्ट्रसंघलाई पत्र लेखेको छ ।

 विद्रोही समूह लिबियन नेसनल आर्मी (एलएनए)ले राजधानी त्रिपोलीमा आक्रमण गरेसँगै राष्ट्रसंघीय कर्मचारी फिर्ता भएका छन् । तर, राष्ट्रसंघ महासचिवका विशेष प्रतिनिधि गासन सलामे त्यहीँ रहेका कारण उनको सुरक्षार्थ नेपाली सैनिक खटिएका छन् । 

‘परिस्थितिको आकलन गरेर सरकारको तहबाट राष्ट्रसंघीय निकायलाई पत्राचार भइसकेको छ,’ नेपाली सेनाका प्रवक्ता सहायकरथी यामप्रसाद ढकालले  भने । त्यहाँ रहेका राष्ट्रसंघीय कार्यालय अधिकारीहरू छिमेकी देश ट्युनिसिया पुगेका छन् । नेपाली सैनिकले त्रिपोलीस्थित राष्ट्रसंघीय मिसन कार्यालय र विशेष प्रतिनिधिको सुरक्षा गरिरहेका छन् । नेपाली सैनिकलाई विद्रोही सैनिकबाट सुरक्षा खतरा रहेको सेनाको विश्लेषण छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएको छ । 

salt training

कमेन्ट गर्नुहोस्