२६ जेठ २०८३, मंगलबार

बिरामी निको भएपछि घर फर्किए माधव नेपाल

बिरामी निको भएपछि घर फर्किए माधव नेपाल

काठमाडौँ– नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का वरिष्ठ नेता माधवकुमार नेपाल त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जबाट घर फिर्ता हुनुभएको छ । ज्वरो र खोकीले अस्वस्थ्य हुनुभएका  उहाँ अवस्था सामान्य भएपछि  आज घर फर्कनुभएको उहाँका स्वकीय सचिव मोहन गौतमले जानकारी दिनुभयो  । 

पूर्वप्रधानमन्त्री नेपाल गत आइतवार ज्वरो र खोकी भएपछि अस्पतालमा उपचारका लागि भर्ना हुनुभएको थियो । दैनिक कार्यक्रममा जाँदा दौडधुप बढी भएकाले उहाँलाई ज्वरोसंँगै खोकी लागेको थियो ।   त्रिविका चिकित्सक डा सन्तकुमार दास, डा निरज बम र डा सविन थपलियाको टोलीले उहाँको स्वास्थ्योपचार गरेको थियो । चिकित्सकले नेता नेपाललाई एक हप्तासम्म आराम गर्न सुझाव दिनुभएको छ । चिकित्सकको सुझावअनुसार एक हप्तासम्म भेटघाटका कार्यक्रम बन्द गरिएको  गौतमले बताउनुभयो । 

salt training

कमेन्ट गर्नुहोस्