
काठमाडौं ४ चैत्र - आगामी बैशाख ३१ गतेका लागि घोषणा गरिएको निर्वाचन तयारीको बिषयलाई लिएर प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र प्रमुख निर्वाचन आयुक्त अयोधीप्रसाद यादवबीच छलफल भएको छ ।
शुक्रबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटमा प्रचण्डले निर्वाचन सम्पन्न गर्न आयोगले गरिरहेको तयारीप्रति सन्तोष व्यक्त गरेका उनको निजी सचिवालयले जनाएको छ ।
भेटमा प्रधानमन्त्रीले तोकिएकै मितिमा स्थानीय तहको निर्वाचन सफल पार्न सरकारको तर्फवाट सबै प्रकारको सहयोग रहने बताएका थिए ।
त्यस अवसरमा प्रमुख निर्वाचन आयुक्त यादवले निर्वाचनको तयारीको अवस्थावारे प्रधानमन्त्रीलाई जानकारी गराएका थिए ।