२४ जेठ २०८३, आइतबार

कांग्रेस एकीकरण : गच्छदारले बुझाए निधिलाई २५ हजार ४६८ क्रियाशील सदस्यको विवरण

कांग्रेस एकीकरण : गच्छदारले बुझाए निधिलाई २५ हजार ४६८ क्रियाशील सदस्यको विवरण

काठमाडौं – नेपाली कांग्रेसको पार्टी एकता सम्बन्धी आवश्यक कार्य गर्नका लागि गठित समायोजन समितिको बैठक पार्टी उपसभापति एवं समायोजन समितिका संयोजक विमलेन्द्र निधिको संयोजकत्वमा बिहीवार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको छ । 

बिहीवारको बैठकमा पार्टी उपसभापति एवं तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका अध्यक्ष विजयकुमार गच्छदारले तत्कालीन नेपाल लोकतान्त्रिक फोरममा रहेका देशभरका २५ हजार ४ सय ६८ जना क्रियाशील सदस्यका साथै महाधिवेशन प्रतिनिधि र महासमिति सदस्यको नामावली सहितको विवरण पार्टी निधिलाई हस्तान्तरण गरेका छन् ।

कांग्रेस केन्द्रीय कार्यसमितिको गत कात्तिक २० गतेको बैठकको निर्णय अनुसार कांग्रेस र तत्कालीन नेपाल लोकतान्त्रिक फोरमका सांगठनिक संरचना, भातृ संगठन एवं शुभेच्छुक संस्थाको समायोजन गरी एकता गर्ने निर्णय भएको थियो ।

salt training

कमेन्ट गर्नुहोस्