३० जेठ २०८३, शनिबार

‘ए मेरो हजुर ३’को शीर्ष गीत रिलिज [भिडियोसहित]

‘ए मेरो हजुर ३’को शीर्ष गीत रिलिज [भिडियोसहित]

काठमाडौं- प्रदर्शनको पूर्वसन्ध्यामा चलचित्र ‘ए मेरो हजुर ३’को शीर्ष गीत रिलिज गरिएको छ । चलचित्र भोली शुक्रबारबाट प्रदर्शनमा आउँदैछ ।

सार्वजनिक ‘ए मेरो हजुर’बोलको शिर्ष गीतमा प्रतिक पौडेलको शब्द, प्रतिक पौडेल र पुष्पन प्रधानको संगीत छ । गीतमा प्रताप दासले स्वर दिएका छन् । गीतको भिडियोमा चलचित्रका मुख्य अभिनेता अनमोल केसी र अभिनेत्री सुहाना थापालाई देखाइएको छ । 

भिडियोमा यी दुईले चलचित्रमा निभाएको भूमिका प्रष्टाईएको छ । गीतमा अनमोल गायक बनेर कन्सर्टमा गीत गाउँदा सुहाना उनको फ्यान बनेर कन्र्सटमा सहभागी छिन् । 

चलचित्रले स्टार र फ्यानबिचको कथा भन्छ । सुनिल कुमार थापाको निर्माण रहेको चलचित्रलाई झरना थापाले निर्देशन गरेकी हुन् ।

salt training

कमेन्ट गर्नुहोस्