०१ असार २०८३, सोमबार

खेलाडीहरू निर्धक्कसँग पब्जी खेल्दै, प्रतिबन्ध ‘हल्ला’ मात्रै हो कि ?

खेलाडीहरू निर्धक्कसँग पब्जी खेल्दै, प्रतिबन्ध ‘हल्ला’ मात्रै हो कि ?

काठमाडौं- विश्वकै चर्चित इन्टरनेट गेम पब्जी नेपालमा बिहीवार दिउँसोबाट प्रतिबन्ध लागेको समाचार भाइरल भइरहेका छन् । 

प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको विशेष आग्रहमा नेपाल दूरसञ्चार प्राधिकरणले बिहीवारदेखि सो खेलमाथि प्रतिबन्ध लगाएको दुरसञ्चार प्राधिकरणका निर्देशक पुरुषोत्तम खनालले लोकान्तरलाई जानकारी दिएका थिए ।

सरकारको प्रतिबन्धलाई मान्ने हो भने नेपालमा पब्जी खेल खुल्दैन, खेल्न मिल्दैन । तर प्रतिबन्ध लगाइएपनि युवाहरूले पब्जी निर्धक्कसँग खेलिरहेका छन् । पब्जी खेल्नेहरू अझैपनि गेममै भुलिरहेका छन् । 

काठमाडौंका सुन्दर श्रेष्ठ यतिबेला पनि पब्जी मज्जैसँग खेलिरहेका छन् । उनी भन्छन्, 'अहिलेसम्म पब्जी बन्द भएको छैन । खुलिरहेको छ । हामीले निर्धक्कसँग खेलिरहेका छौं ।

त्यस्तै अर्का दिनेश अधिकारी पनि यतिबेला पब्जीमै रमाइरहेका छन् । उनी भन्छन्, 'पब्जी खुलिरहेको छ । अहिलेसम्म बन्द भएको छैन । पाँच मिनेट अघिसम्म मैले पब्जी खेलिरहेको थिएँ ।' पब्जी खेलाडीहरूलाई सरकारको प्रतिबन्धले छोएको छैन । पब्जीको लत लागेका सबैजसोले अहिलेसम्म खेलिनैरहेका छन् । 

प्राधिकरणले पब्जी खेल बन्द गर्न सबै इन्टरनेट तथा मोबाइल सेवा प्रदायकहरूलाई निर्देशन दिइसकेको छ ।

निर्देशक खनाल भने भन्ने बित्तिक्कै बन्द नहुने बताउँछन् । उनी भन्छन्, ' बन्द हुन केही समय त लाग्छ । इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई बन्दका लागि आज निर्देशन दिएका छौं । उनीहरूकोमा निर्देशन पुगेको छ । आजैदेखि बन्द गर्नुपर्ने हो । आजै बन्द भएन भने हामी भोलि बिहानदेखि बन्द गर्छौं ।'

पब्जी बन्द नगरिए इन्टरनेट तथा मोबाइल सेवा प्रदायक कम्पनीहरूलाई कारवाही गर्ने निर्देशक खनालले बताए । 

salt training

कमेन्ट गर्नुहोस्