
काठमाडौं – संसारलाई पहिलोपटक ब्ल्याक होलको तस्वीर देखाउने अभियानमा अनेकौं वैज्ञानिक खटिएका भए पनि सबभन्दा धेरै चर्चा क्याथरिन बाउमानको भइरहेको छ ।
अनुसन्धानकर्ता बाउमानले ब्ल्याक होलको तस्वीर तयार गर्न प्रमुख भूमिका निर्वाह गरिन् । त्यो ब्ल्याक होल गाढा रातो र छेउमा पहेंलो रंगको घेरा छ ।
माचाचुसेट्स इन्स्टिच्युट अफ टेक्नोलोजीकी २९ वर्षीया बाउमानले कसरी एल्गोरिदममार्फत तस्वीर तयार पारेकी हुन् ।
फेसबूकमा उनले एक तस्वीर जारी गरेकी छन् । त्यसमा उनी कम्प्युटरअगाडि बसेको देखिन्छिन् र यो प्रसिद्ध तस्वीरलाई असेम्बल गरिरहेकी छन् । विशेष कुरा चाहिँ यति ठूलो खगोलीय खोज गर्ने क्याथरिनले खगोलविज्ञानमा करीयर बनाएकी छैनन् । उनी कम्प्युटर एल्गोरिदम विज्ञ हुन् ।
तर उनले अन्तरिक्ष वैज्ञानिकले जुटाएका डेटालाई उनले उपयोगी तस्वीरमा ढाल्ने काम गरिन् ।
पहिलोपटक ब्ल्याक होलको वास्तविक तस्वीर सार्वजनिक भएको छ । ब्रह्माण्डमा ब्ल्याक होललाई सर्वाधिक शक्तिशाली मानिन्छ ।
यसका बारेमा खगोल वैज्ञानिकले अन्दाज मात्र लगाएका थिए तर अब यसको तस्वीर पनि उपलब्ध छ ।
तस्वीरमा यो डस्ट र ग्यासको प्रभामण्डल देखिन्छ र वरिपरि कालो रंगमा आउटलाइन देखिन्छ ।
एजेन्सी