
काठमाडौं– आईसीसी अन्डरनाइन्टिन एसिया कप क्रिकेट छनोटको पहिलो खेलमा नेपालले सिंगापुरलाई विशाल अन्तरले हराएको छ ।
कोलालम्पुरमा बिहीवार भएको खेलमा नेपालले सिंगापुरलाई २ सय १७ रनको विशाल अन्तरले हराएको हो ।
टस हारेर पहिला व्याटिङ गरेको नेपालले ४६ ओभरमा अलआउट हुँदै २ सय ८२ रन बनाएको थियो ।
जवाफमा ब्याटिङमा उत्रेको सिंगापुरले ३१ ओभरमा ६५ रन मात्रै बनाउन सक्यो ।
यसअघि नेपालका लागि कप्तान रोहित पौडेलले शानदार ब्याटिङ गर्दै १ सय ५ बलमा ९५ रन बनाएका थिए ।