३० जेठ २०८३, शनिबार

सरकारविरुद्ध ११ विपक्षीको गठजोड : देउवा, महतो र मोहन वैद्य एउटै मञ्चमा

सरकारविरुद्ध ११ विपक्षीको गठजोड : देउवा, महतो र मोहन वैद्य एउटै मञ्चमा

काठमाडौं – सरकारविरुद्ध ११ राजनीतिक दल एकजुट देखिएका छन् ।

सरकार अराजक भएको भन्दै शुक्रवार दिउँसो राष्ट्रिय सभागृहमा एउटै मञ्चमा कहिल्यै सँगै नदेखिएका नेता समेत एकैठाउँ देखिएका छन् ।

प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको भातृ संगठन लगायत ११ अन्य विद्यार्थी संगठनले आयोजना गरेको ‘समसामयिक राजनीति र विद्यार्थी आन्दोलन विषयक गोष्ठी’मा अतिथिका रूपमा कांग्रेस सभापति शेरबहादुर देउवा, नेकपा क्रान्तिकारी माओवादीका अध्यक्ष मोहन वैद्य ‘किरण’देखि लिएर पूर्ववाइसीएल नेता चन्द्रबहादुर थापा ‘सागर’सम्म उपस्थित देखिए । 

गोष्ठीमा राष्ट्रिय जनता पार्टीका अध्यक्षमण्डलका सदस्य राजेन्द्र महतो, नेकपा मालेका महासचिव सीपी मैनाली, नयाँशक्ति पार्टीका प्रवक्ता डम्बर खतिवडा, माओवादी केन्द्र पुनर्गठन गर्ने अभियानमा लागेका गोपाल किराँती, तत्कालीन वाईसीएलका उपत्यका पूर्व इन्चार्ज सागर, नेकपाका नेता ऋषि कट्टेल लगायतका नेता मञ्चमा थिए ।

मञ्चमा देखिएकामध्ये नेपाली कांग्रेस संसदमा प्रमुख प्रतिपक्षी दल हो भने राष्ट्रिय जनता पार्टी हालै मात्र सरकारलाई दिएको समर्थन फिर्ता लिएको पार्टी हो । त्यसबाहेक नयाँ शक्ति नेपालको संसदमा जम्मा एक जना प्रतिनिधि छन् । अन्य पार्टीको संसदमा कुनै प्रतिनिधित्व छैन ।

salt training

कमेन्ट गर्नुहोस्