२९ असार २०८३, सोमबार

चिनी आयातमा लगाएको प्रतिबन्धले साढे ५३ करोड राजश्व गुम्यो

चिनी आयातमा लगाएको प्रतिबन्धले साढे ५३ करोड राजश्व गुम्यो

काठमाडौं– चिनी आयातमा सरकारले लगाएको प्रतिबन्धका कारण राज्यले साढे ५३ करोड रुपैयाँ बराबरको राजश्व नोक्सान बेहोर्न परेको छ ।
महालेखा परिक्षकको कार्यालयले शुक्रवार सार्वजनिक गरेको प्रतिवेदन अनुसार चिनीमा लगाएको अस्वभाविक प्रतिबन्धका कारण मुलुकले उक्त नोक्सान व्यहोर्न परेको हो । चिनीमा लगाएको बन्देजका कारण राज्यलाई ५३ करोड ६६ लाख ९५ हजार रुपैयाँ नोक्सान भएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
अन्तर्राष्ट्रिय बजारमा चिनीको मुल्य घटेका कारण चिनीको आयात अत्यधिक भइसकेपछि आयात घटाउन भन्दै सरकार र चिनी उद्योगीबीच २०७४ पुस ११ गते सहमती भएको थियो । सहमती पश्चात तत्काल कुनै औपचारिक निर्णय नगरी २०७५ वैशाख ४ मा सरकारले चिनीको भन्सार महसुल १५ प्रतिशतबाट ३० प्रतिशत पु¥याएको थियो । सो अवधिमा चिनीको आयात ३ अर्ब ५७ करोड ८० लाख मुल्य बराबरको भइसकेको थियो । सो लाई आधार मान्दा समेत ५३ करोड ६६ लाख ९५ हजार भन्सार राजश्वमा प्रभाव परेको देखिएको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।

साल्ट ट्रेडिङका अनुसार नेपालमा वार्षिक खपत २ लाख ३० हजार मेट्रिक टन रहेको छ । १ लाख ७५ हजार मेट्रिक टन नेपालमा नै उत्पादन हुने गरेको चिनी उद्योग संघको तथ्याङ्क रहेको छ । सहमतीपछि भएको चिनी आयात नियमित आयात भन्दा ३ गुणा बढि रहेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सरकार र उद्यागीबीच भएको सहमति अनुसार तत्काल भन्सार महसुल निर्धारण नगरी ४ महिना ढिलाई  गरेका कारण राजश्व गुमेको महालेखाको प्रतिवेदनमा उल्लेख गरिएको छ ।
 

कमेन्ट गर्नुहोस्