काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीले देशबासीको नाममा सम्बोधन गरेका छन् । प्रधानमन्त्रीको सचिवालयले ७ बजेको लागि सम्बोधनको कार्यक्रम तय गरेको भएपनि केही ढिलाइ गरी सम्बोधन सुरु गरेका हुन् ।
३ फागुन ०७४ मा प्रधानमन्त्रीमा निर्वाचित ओलीले गत वर्ष बैशाख १ मा मुगु पुगेर देशबासीको नाममा सम्बोधन गरेका थिए ।