
काठमाडाैं-उत्पादनशीलभन्दा आश्रित जनसंख्या थोरै भएको यो अवस्था न इतिहासमा थियो, न भविष्यमा रहनेछ । उत्पादनशील अथवा १५ देखि ६४ वर्ष उमेरसमूहको जनसंख्या अहिले ६२.६८ प्रतिशत पुगेको छ । आश्रितभन्दा उत्पादनशील जनसंख्या धेरै भएको यो दुर्लभ समय देश निर्माणमा प्रयोग हुन्छ कि खेर जान्छ ? गम्भीर चासो र अविलम्ब पहलको आवश्यकता छ ।
सक्रिय जनसंख्या (काम गर्ने उमेर समूह) लाई देश विकासको आधार मानिन्छ । १५ देखि ६४ वर्ष उमेर समूहको यो जनसंख्या अधिक हुँदा देशले जनसांख्यिक लाभमार्फत विकासमा फड्को मार्ने संसारभरको अनुभव छ । नेपालमा यस्तो जनसांख्यिक लाभको अवसर अब २८ वर्ष मात्र बाँकी रहेको अध्ययनले देखाएको छ । नयाँ पत्रिका दैनिकमा खबर छापिएकाे छ ।