२४ असार २०८३, बुधबार

अपडेट : विमान दुर्घटनाका मृतकको संख्या ३ पुग्यो, मृतक को-पाइलट र दुई प्रहरी

अपडेट : विमान दुर्घटनाका मृतकको संख्या ३ पुग्यो, मृतक को-पाइलट र दुई प्रहरी

काठमडौं – सोलुखुम्बुस्थित लुक्ला विमानस्थलमा समिट एयरको विमान मनाङ एयरको हेलिकप्टरसँग ठोक्किएर भएको दुर्घटनामा मृत्यु हुनेको संख्या तीन पुगेको छ ।

दुर्घटनास्थलबाट प्रहरी इन्स्पेक्टर प्रदीप सुवेदीले जनाए अनुसार विमानका को–पाइलट सुजित ढुंगाना र विमानस्थलमा ड्यूटीमा रहेका पर्यटक प्रहरी, प्रहरी सहायक निरीक्षक रामबहादुर खड्काको घटनास्थलमै मृत्यु भएको हो ।

ड्युटीमै रहेका अर्का प्रहरी रुद्रबहादुर श्रेष्ठको उपचारका क्रममा काठमाडौंमा मृत्यु भएको प्रहरी प्रधान कार्यालयले पुष्टि गरेको छ ।

श्रेष्ठसँगै सिम्रिक एयरको हेलिकप्टरमा काठमाडौं ल्याइएका विमान पाइलट रविनाथ रोकाया र मनाङ एयरको हेलिकप्टरका पाइलट चेतबहादुर गुरुङको उपचार भइरहेको छ ।

गुरुङलाई मनाङ एयरकै हेलिकप्टरमा काठमाडौं ल्याइएको थियो ।

आइतवार बिहान ९ बजे १० मिनेट जाँदा रामेछापका लागि उड्न लागेको विमान धावन मार्गबाट चिप्लिएर हेलिकप्टरमा ठोक्किन पुगेको थियो ।

त्यसक्रममा विमानले ड्यूटीमा रहेका प्रहरीलाई पनि ठक्कर दिएको थियो ।

समिट एयरमा रहेका ४ जना यात्रुको अवस्था सकुशल रहेको प्रहरी प्रधान कार्यालयले जनाएको छ । क्षतिको थप विवरण आउन बाँकी छ ।

salt training

कमेन्ट गर्नुहोस्