२९ असार २०८३, सोमबार

‘डियर लभ’ ट्रेलरमा युवापुस्ताको मायाप्रेमको कथा [भिडियोसहित]

‘डियर लभ’ ट्रेलरमा युवापुस्ताको मायाप्रेमको कथा [भिडियोसहित]

काठमाडौं- नेपालमा पछिल्लो समय वेब सिरिज निर्माणको प्रचलन निकै बढ्दो छ । यसैक्रममा आउँदो वैशाख १५ बाट प्रसारणको तयारीमा रहेको वेब सिरिज ‘डियर लभ’को नयाँ वर्षको अवसर पारेर बिहीबार एक कार्यक्रमका बिच ट्रेलर सार्वजनिक गरिएको छ । 

‘डियर लभ’को ट्रेलर रिलिज कार्यक्रममा प्रमुख अतिथिको रुपमा निर्माता तथमा कलाकार रमेश उप्रेती उपस्थित थिए । अभिनेता तथा निर्माता उप्रेतीले अहिले पहिलेको जस्तो कुनैपनि कलाकारले आफ्नो प्रतिभा देखाउन ठुलो पर्दाको सिनेमा अथवा टेलिभिजन सिरियलमा अडिसन दिन नपर्ने भन्दै ‘डियर लभ’का कलाकार तथा निर्माण टिमलाई सफलताको शुभकामना दिए । रुबुशा क्रियटिभ वर्कसको ब्यानरमा निर्माण भएको सिरिज रुबुशा च्यानल मार्फत प्रशारण हुनेछ । रविन बोगटीको पटकथा तथा संवाद लेखन रहेको सिरिजले युवा पुस्ताको माया, प्रेमप्रतिको महत्वलाई दर्शाइएको छ । 

विवेक रसाइलीको लेखन तथा निर्देशन रहेको सिरिजमा दिप्सन भट्टराई, करिना कक्षपति, रबिन बोगटी, रश्मि भट्ट, केदार श्रेष्ठ, किरण चन्द, कल्याण थापा, इशिका लिम्बु लगायतका कलाकारको अभिनय रहेको छ । 

‘हामी सबै युवा त्यसैले पनि यो सिरिज खिच्न हामीलाई त्यती सहज थिएन’ यसका निर्माता रुक्माण लिम्बुले भने –‘हामीले कथाको भाव अनुसार प्रस्तुतीकरणमा कुनै पनि कन्जुस्याई गरेका छैनौ ।’ डियर लभमा रुपेश थापाको छायाँकन र राम प्रसाद चौधरीको सम्पादन रहेको छ ।

salt training

कमेन्ट गर्नुहोस्