०७ असार २०८३, आइतबार

भुटानले चीनको पेटी सडक परियोजना बैठकमा भाग लिन्छ ? भारतको छ नजर

भुटानले चीनको पेटी सडक परियोजना बैठकमा भाग लिन्छ ? भारतको छ नजर

काठमाडौं – दक्षिण एसियाका मुलुकहरू नेपाल, माल्दिभ्स, श्रीलंका र बंगलादेशले चीनको पेटी सडक परियोजना (बीआरआई) फोरम बैठकमा भाग लिनका लागि निम्तो स्वीकारेका छन् । 

तर भारतले भने निमन्त्रणा अस्वीकार गरेको छ । 

सन् २०१७ मा जस्तै भुटान मात्र भारतको एक मात्र छिमेकी मुलुक हो जसले यो बैठकमा भाग लिनका लागि चीनको कोशिशको विरोध गरेको छ । यस कार्यक्रममा ४० देशका राष्ट्राध्यक्ष र सरकारले भाग लिने सम्भावना छ ।

कूटनीतिक सूत्रहरूले बताएअनुसार, भुटानले बीआरआई फोरम बैठकमा सम्भवतः भाग लिने छैन । चीनले विगत १२ महिनामा भुटान सरकारसँगको कुराकानी तीव्र बनाएको छ । ऊ थिम्पुलाई भारतको प्रभावबाट पर राख्न चाहन्छ । 

भुटानसँग चीनको कूटनीतिक सम्बन्ध छैन तर उसले आफ्नो अर्थव्यवस्था सुदृढ गर्न चीनलाई सम्भावित साझेदार बनाउन खोजेको छ । भुटानले बीआरआई फोरममा उपस्थिति जनाउँदा भारतले त्यसलाई सकारात्मक रूपमा नलिने विषयमा पनि भुटान सचेत छ । 

भुटानले सन् २०१७ मा फोरमको पहिलो बैठक बहिष्कार गरेको थियो र भारतको साथ दिएको थियो । भारतले बीआरआईलाई आफ्नो सम्प्रभुताको विरुद्ध रहेको मान्ने गरेको छ किनकि चीन पाकिस्तान आर्थिक कोरिडोर पाकिस्तानअधिकृत गिल्गिट बाल्टीस्टान हुँदै जान्छ । 

हालैको समयमा चीनले भुटानलाई लोभ्याउने कोशिश गरिरहेको छ किनकि भारतमा चिनियाँ राजदस्त नियमित रूपमा चिम्पु भ्रमण गरिरहेका छन् । चीनका परराष्ट्र राज्यमन्त्री काङले पनि अघिल्लो वर्ष भुटानको भ्रमण गरेका थिए । 

भुटान चीनसँग द्विपक्षीय कुराकानीका विषयमा सतर्क छ । काङको भ्रमणपछि प्रेस वार्तामा थिम्पुले पारस्परिक हितका विषयमा कुराकानी भएको मात्र बतायो । 

चीनले आफ्नो बयानमा भन्यो, ‘भुटानको स्वतन्त्रता, सम्प्रभुता र क्षेत्रीय अखण्डतालाई चीन सम्मान गर्छ ।’

चीनका परराष्ट्रमन्त्रीले एक बयानमा भने, ‘चीन भुटानको पेटी सडक परियोजनामा सक्रिय सहभागिता र चीनको विकासबाट लाभ उठाउने विषयलाई स्वागत गर्छ ।’

रणनीतिक मामिला विशेषज्ञ ब्रह्म चेलानीका अनुसार, भारत पनि भुटान र चीनबीचको सीमा विवादसम्बन्धी वार्तालाई नजिकैबाट हेर्छ । डोक्लमको अधिकांश भागमा चीनको नियन्त्रण कायम रहेपछि चीन र भुटानबीच कुराकानीको सिलसिला बढ्दा भारत चिन्तित भएको छ ।

चेलानीका अनुसार, चीन बिस्तारै डोक्लममा कब्जा जमाइरहेको छ । भुटानले दोक्लममाथिको नियन्त्रण त्यागेको बदलामा बेइजिङले उत्तरी भुटानको एक भागमा आफ्नो दाबी फिर्ता लिने भनी गरिएको सम्झौता पनि चीनले पल्टाइदिएको चेलानीको भनाइ छ ।

एजेन्सी

salt training

कमेन्ट गर्नुहोस्