
काठमाडौं – लोकसभा चुनावको दोस्रो चरणका लागि प्रचारप्रसार जारी छ ।
यसैबीच विपक्षी दलहरूले आइतवार एकजुट भएर पहिलो चरणमा विद्युतीय मतदान यन्त्र (ईभीएम) मा छेडछाड गरिएको आरोप लगाए । सबै दलका प्रमुखले चुनाव आयोगसँग भेटघाट गरे र ईभीएमसँग छेडछाड गरिएकोदेखि मतदाता सूचीमा नाम नभएकोसम्मका मुद्दामा गुनासो गरे ।
आयोगसँगको भेटघाटपछि विपक्षी दलहरूको संयुक्त पत्रकार सम्मेलनमा कांग्रेस नेता अभिषेक मनु सिंघवीले भने, ‘लाखौं भोटरको नाम जाँचबुझ नगरिकनै अन्लाइनबाट हटाइयो । कम्तीमा ५० प्रतिशत मतदाताको नाम कागजी
ढड्डामा मिलान गर्न पर्ने देखिन्छ । यसको माग राखेर हामी सर्वोच्च अदालत जान्छौं ।’
ईभीएमको समस्या सुल्झाउनका लागि आयोगले आवश्यक कदम उठाउँछ जस्तो लाग्दैन । ईभीएममा एउटा पार्टीलाई भोट दिँदा अर्को पार्टीलाई गइरहेको छ ।
विपक्षीहरूको पत्रकार सम्मेलनमा दिल्लीका मुख्यमन्त्री अरविन्द केजरीवाल, आन्ध्र प्रदेशका मुख्यमन्त्री चन्द्रबाबु नायडु समेतका नेता उपस्थित थिए ।
एजेन्सी