३० असार २०८३, मंगलबार

सुडानमा नागरिक नेतृत्वको सरकार बन्ने सहमति

सुडानमा नागरिक नेतृत्वको सरकार बन्ने सहमति

काठमाडौं – सुडानको सैन्य परिषद्का नयाँ प्रमुखले विपक्षीहरूसँगको छलफलपछि नागरिक नेतृत्वको सरकार बन्ने अनि संक्रमणकाल अधिकतम दुई वर्षसम्म रहने प्रतिज्ञा गरेका छन् । 

तर विरोधकर्ताहरूले तीव्र परिवर्तनका लागि दबाब कायम राखेका छन् । लामो समयसम्म तानाशाही शासन चलाएका राष्ट्रपति ओमार अल–बशिरलाई बिहीवार अपदस्थ गरिएपछि पनि विरोधीको दबाब कायम छ । 

पहिलोपटक टीभी सम्बोधन गर्दै लेफ्टिनेन्ट जनरल अब्देल फत्ताह अल–बुरहान अब्देलरहमानले रातिको कर्फ्यु रद्द गरिएको बताउँदै बशिरले आपत्कालीन कानूनअनुसार बन्दी बनाएका सबै कैदीलाई मुक्त गर्ने आदेश दिए । 

संक्रमणकालीन सैन्य परिषद् र विपक्षी समूहहरूको गठबन्धनबीचको बैठकमा विरोधीहरूले नागरिकहरूलाई पनि परिषदमा राखिनुपर्ने बताएका थिए । 

सैन्य परिषद्ले स्वतन्त्रतामा बन्देज लगाउने सबै कानून खारेज गर्ने प्रतिबद्धता जनाएको पनि लोकतान्त्रिक अभियन्ताहरूले बताए । 

विरोधको आयोजना गर्ने मुख्य समूह सुडानीज प्रोफेसनल्स एसोसिएसनले एक वक्तव्य जारी गरेर परिषद्को जवाफ सन्तोषजनक नरहेको र विरोध जारी राख्न आग्रह ग–यो । 

राजधानी खार्तूममा रहेको रक्षा मन्त्रालयबाहिर हजारौं मानिसले धर्ना जारी राखेको एक प्रत्यक्षदर्शीले रोयटर्स समाचार संस्थालाई जनाए ।

द गार्डियनबाट
 

salt training

कमेन्ट गर्नुहोस्