
काठमाडौं — यहाँ हामी यस्ता तथ्यका बारेमा कुरा गर्दैछौं जसका बारेमा हामीले शायद ध्यान दिएका थिएनौं ।

तपाईंलाई पहिलोचोटि भेट्ने मानिसले तपाईंको जुत्तामा ध्यान दिन्छन् ।
तपाईं ११ घन्टा लगातार कुर्सीमा बस्नुहुन्छ भने आगामी तीन वर्षमा तपाईंको मृत्युको सम्भावना ५० प्रतिशतले बढ्छ ।
तपाईं जस्तै देखिने यस संसारमा कम्तीमा ६ जना मानिस हुन्छन् तर उनीहरूलाई भेट्ने मौका नौ प्रतिशत मात्र हुन्छ ।
तकिया नराखी सुत्दा तपाईंको कम्मरमा पीडा हुँदैन र ढाडको हाड बलियो हुन्छ ।
मान्छेको दिमागले खाना, सुन्दर अनुहार र खतरा तत्कालै चिन्छ ।
दाहिने हातले खाना खाने मानिसले देब्रेतर्फबाट खान्छन् ।
सुकेका टीब्याग जुत्तामा राख्नुभयो भने जुत्ताको दुर्गन्ध हट्छ ।
सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार संसारबाट सबै माहुरी सकिएको चार वर्षभित्र मानिस पनि सकिने मान्यता राख्थे ।
खाना नखाइकन तपाईं हप्तौंसम्म पनि बाँच्न सक्नुहुन्छ तर पटक्कै नसुतिकन चाहिँ तपाईं ११ दिन मात्र बाँच्न सक्नुहुन्छ ।
धेर हाँस्ने मान्छे अन्य मानिसको तुलनामा बढी स्वस्थ हुन्छन् ।
अल्छी मानिस चुरोट पिउने मानिसभन्दा छिट्टो मर्छन् ।
एजेन्सीको सहयोगमा