२३ जेठ २०८३, शनिबार

पार्टीभित्र एकजुटता भए काङग्रेसलाई कसैले हराउन सक्दैनः कोइराला

पार्टीभित्र एकजुटता भए काङग्रेसलाई कसैले हराउन सक्दैनः कोइराला

काभ्रे–नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले नेपाली काङ्ग्रेस आफैभित्र तिक्तता रहेका कारण पार्टी धरासायी भएको बताउनुभएको छ ।

काभ्रेपलाञ्चोकको बनेपामा आज नेपाली काङ्ग्रेस बनेपा नगर समितिले आयोजना गरेको  कार्यक्रममा उहाँले काङ्ग्रेसको नीति उत्तम र कार्यकर्ता समक्ष भएको बताउनुभयो । महामन्त्री कोइरालाले पार्टीभित्र एकजुटता भए काङग्रेसलाई कसैले हराउन नसक्ने बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले एकताको सन्देश दिन सक्नुप¥यो ।”

बिपी कोइरालाले एकताको सन्देश दिए पनि त्यसलाई जोगाउन नसकेको उल्लेख गर्दै उहाँले नयाँ वर्षले एकजुट हुने अवस्था मिलाइदियोस् भन्ने कामना गर्नुभयो । सो अवसरमा उहाँले प्रधानमन्त्रीले सम्पूर्ण अधिकार हातमा लिन खोजिरहेको आरोप लगाउनुभयो । सञ्चारमाध्यममा हस्तक्षेप, न्यायालयमा कब्जा र सेनालाई अधिनमा राख्न खोजिरहेको अवस्था रहेको भन्दै त्यस्तो अवस्थाले समृद्ध राष्ट्र निर्माण हुन नसक्ने महामन्त्री कोइरालाको भनाइ थियो । हरेक ठाउँमा हस्तक्षेप गरिरहेको अवस्थामा काङ्ग्रेस भने आफ्नै कारणले अजिङ्गरले खाइरहेको अवस्थामा भ्यागुतो भएर जिब्रो निकालेर फट्याङ्ग्रा मार्न खोजिरहेको जस्तो अवस्थामा भएको उहाँले बताउनुभयो ।

salt training

कमेन्ट गर्नुहोस्