०१ असार २०८३, सोमबार

गर्जुधारा दुर्घटनामा मृत्यु दुईको सनाखत, ट्रक चालक अझै फरार

कात्तिक २०, २०७४
गर्जुधारा दुर्घटनामा मृत्यु दुईको सनाखत, ट्रक चालक अझै फरार

काठमाडौं, ४ चैत - थानकोट — कलंकी सडकको बीचमा पर्ने गर्जुधारामा भएको भयानक दुर्घटनामा मृत्यु हुनेको संख्या दुई पुगेको छ । ब्रेक फेल भएको ट्रकलले अरु चार सवारीलाई एकै पटक ठक्कर दिँदा दुर्घटना भएको थियो ।

थानकोट प्रहरीका अनुसार मे १ ख २४३९ नम्बरको मिनी ट्रकका चालक झापाका ३७ वर्षीय डम्बर पोख्रेल र बा १ ज ७९६७ नम्बरको ट्यासी चालक काभ्रेका ४६ वर्षीय कान्छा ओली लामाको दुर्घटनामा निधन भएको हो ।

पोख्रेलको दुर्घटना पछि उपचारको क्रममा विर अस्पतालमा र लामाको बयोधा अस्पताल बुल्खुमा उपचारको क्रममा निधन भएको हो । दुर्घटनामा परेर अरु ७ जना घाइते भएका छन् । घाइते ७ जनाको अवस्था चिन्ताजनक नरहेको प्रहरीले जनाएको छ ।

थानकोट प्रहरी बृत्तका अनुसार ना ३ ख ९३७३ नम्बरको ट्रकलले स्कुटर, मोटरसाइकल, ट्याक्सी र वान टन ट्रकलाई ठक्कर दिएको छ ।

ब्रेक फेल भएपछि अनियन्त्रित भएको सडकले अन्य सवारीलाई ठक्कर दिएको हो ।

ट्रकका चालक भने फरार रहेको प्रहरीले जनाएको छ । थानकोट प्रहरी बृत्तका जवान प्रविन सुवेदीले चालकको खोजी भइरहेको जानकारी दिए ।

salt training

कमेन्ट गर्नुहोस्