
काठमाडौं-नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड' आराम गर्न भन्दै सिन्धुपाल्चोकको सुकुटे पुगेका छन् ।
बिहीवार नेकपा अध्यक्ष प्रचण्ड, उनकी पत्नी सीता दाहाल र सांसद् अग्नि सापकोटा सुकुटे पुगेका हुन् ।
पार्टीले महत्वपूर्ण निर्णय गर्ने बेला प्रचण्ड आरामका लागि सुकुेट बीच जाने गरेका छन् ।
प्रचण्डका पारिवारिक स्रोतका अनुसार उनीहरू आज सुकुटे बीचमै बस्ने र भोलि अपरान्ह काठमाडौं फर्कनेछन् ।
नेकपा एकता प्रक्रिया टुङ्याउन नेकपाका दुई अध्यक्षबीच केही दिनअघि चन्द्रागिरिमा विशेष छलफल भएको थियो ।