१३ असार २०८३, शनिबार

यस्ता आश्चर्यजनक तथ्य : बच्चाहरूले चार वर्षको उमेरदेखि सपना देख्न शुरु गर्छन्

बैशाख ५, २०७६
यस्ता आश्चर्यजनक तथ्य : बच्चाहरूले चार वर्षको उमेरदेखि सपना देख्न शुरु गर्छन्

१ यो संसारमा यति धेरैथरी स्याउ छन् कि हरेक दिन एकथरी स्याउ खाँदा पनि २० वर्षमा सबैथरी स्याउ खाइसकिँदैन ।

२ दिनको ११ घन्टा कुर्सीमा बस्ने मान्छेको तीन वर्षभित्रमा मर्ने चान्स ५० गुणा बढ्छ ।

३ चर्को आवाज सुन्दा हाम्रा आँखा ठूला हुन्छन् ।

४ सुप्रसिद्ध वैज्ञानिक अल्बर्ट आइन्स्टाइनका अनुसार धर्तीबाट सबै माहुरी हराएको चार वर्षमा सबै मानिसको मृत्यु हुन्छ । 

५ बच्चाहरूले तीनदेखि चार वर्षको उमेरदेखि सपना देख्न शुरु गर्छन् । 

६ बेस्सरी टाउको घुमाउनुभयो भने तपाईंको शरीरका धेरै भाग सुत्छन् अनि दिमाग मात्र सक्रिय हुन्छ । 

७ पुरुषहरू लगभग हरेक सात सेकेन्डमा सेक्सका बारेमा सोचिबस्छन् ।

८ धेरै खाना खाएपछि मान्छेको सुन्ने क्षमता कम हुन्छ ।

९ तपाईंले खाएको खानामा तपाईंको –याल मिसिएको छैन भने तपाईंलाई स्वाद आउँदैन । 

१० बच्चा जन्मिँदा घुँडाको टोपी (नीक्याप) हुँदैन । यो दुईदेखि ६ वर्षको बीचमा देखिन्छ । 

११ तपाईंको मूत्रथैलीले लगभग दुई घन्टासम्म लगभग दुई कप पिसाब स्टोर गर्न सक्छ । 

१२ हाम्रो शरीरको तापले आधी घन्टामा पानी उमाल्न सक्छ । 

१३ अल्छेहरू चुरोट खाने मान्छेको तुलनामा छिट्टै मर्छन् । 

१४ वैज्ञानिकहरूका अनुसार स्वस्थ रौंबाट आवाज निस्कन्छ । 

एजेन्सीको सहयोगमा

salt training

कमेन्ट गर्नुहोस्