२२ असार २०८३, सोमबार

एभरेष्ट बेसक्याम्पबाट फर्किएपछि मनिषा कोइरालाले भनिन्–बालापनको इच्छा पूरा भयो

एभरेष्ट बेसक्याम्पबाट फर्किएपछि मनिषा कोइरालाले भनिन्–बालापनको इच्छा पूरा भयो

काठमाडौँ– बलिउडमा चर्चित नेपाली नायिका मनीषा कोइरालाले सर्वोच्च शिखर सगरमाथाको आधार शिविर ‘एभरेष्ट बेसक्याम्प’ विश्वकै उत्कृष्ट र सुन्दर गन्तव्य भएको बताएकी छिन् । 

 बेस क्याम्पसम्मको पदयात्रा सकेर फर्किएकी नायिका कोइरालाले बिहीबार आयोजित पत्रकार सम्मेलनमा यात्राको अनुभव सुनाउँदै आफ्नो बालापनको इच्छा पूरा भएको बताइन् । 

क्यान्सर निको भएपछि यात्रामा निस्किएकी नायिका मनीषाले अब अन्नपूर्ण र मनास्लु क्षेत्रमा पदयात्रा जाने इच्छा रहेको बताइन् । 

नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डसँगको सहकार्यमा नायिका कोइराला पदयात्रामा गएकी थिइन् । 

उनले  एभरेष्ट बेस क्याम्पको वृत्तचित्रसमेत निर्माण गर्ने जानकारी दिइन् । 

 उक्त वृत्तचित्रले बेस क्याम्पको सुन्दरता विश्वभर पुग्ने र नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने विश्वास लिइएको छ । नायिका कोइरालाले बेस क्याम्प क्षेत्रका शेर्पा समुदायको जीवनस्तर सुधारमा राज्यले विशेष चासो राख्नुपर्ने खाँचो औँल्याइन् । रासस

salt training

कमेन्ट गर्नुहोस्