
काठमाडौं– प्रहरीले कञ्चनपुरकी १३ वर्षीया निर्मला पन्त र काठमाडौंको बबरमहलस्थित आफ्नै निवासमा मृत भेटिएका पूर्वराजदूत केशव झा हत्या प्रकरणमा सूचनाको स्रोत बिना नै अनुसन्धान गरिरहेको खबर आजको राजधानी दैनिकमा छापिएको छ ।
हत्या भएको लामो समय बित्दासमेत सूचनाको आधिकारिक स्रोतको अभावमा प्रहरीले यी दुबै घटनाको अनुसन्धानलाई निचोडमा पु-याउन सकेको छैन ।
हाल आएर प्रहरीले निर्मला हत्या र पूर्वराजदूत झाको हत्यालाई उस्तै प्रकृतिको घटनाका रूपमा लिन थालेको छ । कारण दुबै घटनामा प्रहरीलाई सूचना दिने मान्छेसमेत छैन । प्रहरीले सूचनाको ‘लिड’ पाए ‘भेरिफिकेसन’ गर्न सहज हुने बताउँदै आएको छ ।