
काठमाडौं – पब्जी खेलमाथि प्रतिबन्ध लगाउने सरकारी निर्णय तत्काल कार्यान्वयन नगर्न सर्वोच्च अदालतले अन्तरिम आदेश दिएको छ ।
अधिवक्ता प्रवीण सुवेदी लगायतले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीश ईश्वरप्रसाद खतिवडाको एकल इजलासले प्रतिबन्धको निर्णय तत्काल कार्यान्वयन नगर्न अन्तरिम आदेश दिएको हो ।
पब्जी खेलमाथि प्रतिबन्ध लगाउनुपर्नाको कारण १५ दिनभित्र पेश गर्न पनि आदेशमा भनिएको छ ।
विकृति निम्तिएको भन्दै सीआईबीको अनुरोधमा नेपाल दूरसञ्चार प्राधिकरणले पब्जीमाथि प्रतिबन्ध लगाउने निर्णय गत साता गरेको थियो ।