२६ असार २०८३, शुक्रबार

बन्दले जनजीवन कष्टकर, आन्दोलनकारी उत्रिए तोडफोडमा

कात्तिक २०, २०७४
बन्दले जनजीवन कष्टकर, आन्दोलनकारी उत्रिए तोडफोडमा


नेपालगन्ज, २ पुस - सरकारले व्यवस्थापिका–संसद्मा दर्ता गरेको संविधान संशोधनको विरोधमा आह्वान गरिएको मध्यपश्चिम बन्दको दोस्रो दिन आज यस क्षेत्रको जनजीवन प्रभावित भएको छ ।

बन्दका कारण आज पनि लामो तथा छोटो दूरीका सार्वजनिक यातायातका साधान सञ्चालनमा आएनन् । यसबाट बिरामीलगायत अन्य नागरिक मारमा परेका छन् । शुक्रबारदेखि तीन दिनसम्मका लागि आह्वान गरिएको बन्दबाट उद्योगपति, व्यापारी तथा दैनिक ज्यालादारीमा मजदुरी गर्ने नागरिक नराम्ररी प्रभावित भएका छन् ।

बन्दकर्ताले कोहलपुरमा दुईवटा ट्र्याक्टर र एक मोटरसाइकल तथा पुष्पलाल चोकस्थित एउटा पसलमा तोडफोड गरेका प्रहरी उपरीक्षक टेकप्रसाद राईले जानकारी दिए । बन्द गराउने क्रममा लाठी लिएर हिँडेको पाइएमा सार्वजनिक मुद्दा लगाइने उनले बताए ।

salt training

कमेन्ट गर्नुहोस्