३१ जेठ २०८३, आइतबार

एनसेलले पायो ठूला करदाता कार्यालयको पत्र, कहिले तिर्छ पुँजीगत लाभकर ?

बैशाख ७, २०७६
एनसेलले पायो ठूला करदाता कार्यालयको पत्र, कहिले तिर्छ पुँजीगत लाभकर ?

काठमाडौं– एनसेलको मातृ कम्पनी आजियटाले ठूला करदाता कार्यालयले निर्धारण गरेको पुँजीगत लाभकरसम्बन्धी पत्र पाएको जनाएको छ । 

आजियटाले प्रेस विज्ञप्ति जारी गर्दै कार्यालयबाट सातदिनभित्र कर बुझाउने म्यादसहितको पत्र पाएको जनाएको हो । 

ठूला करदाता कार्यालयको पत्रमा बैशाख ९ गतेभित्रमा बाँकी कर दाखिला गर्न भनिएको छ । ‘आजियटा र एनसेल अहिले पत्रको समीक्षा गरिरहेका छन्’, विज्ञप्तिमा भनिएको छ । 

ठूला करदाता कार्यालयले ३५ अर्ब ९१ करोड ३४ लाख २६ हजार रुपैयाँ कर निर्धारण गरिसकेको खबर आजको कान्तिपुर दैनिकमा  छापिएको छ । 
 

salt training

कमेन्ट गर्नुहोस्