२८ जेठ २०८३, बिहीबार

बसुन्धराका २० स्थानमा सीसीटीभी जडान

बसुन्धराका २० स्थानमा सीसीटीभी जडान

काठमाडौं- उपत्यकाको शान्ति सुरक्षालाई थप मजबुत बनाउन बसुन्धराका २० स्थानमा सीसीटीभी जडान गरिएको छ । महानगरीय प्रहरी वृत्त महाराजगञ्ज र संगम क्लब बसुन्धराको आयोजनामा बसुन्धराभित्र रहेका संगम टोलमा सीसीटीभी जडान गरिएको हो । 

कार्यक्रममा महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार लामाले उपत्यकाको शान्ति सुरक्षालाई बलियो बनाउन सीसीटीभी जडानले सहयोग पुग्ने विश्वास व्यक्त गरे । परिसर प्रमुख लामाले प्रहरीले अगाडि सारेको समुदाय–प्रहरी साझेदारीलाई अगाडि लैजान सीसीटीभी जडानले सहयोग पुगेको भन्दै आगामी दिनमा पनि सहकार्य आवश्यक रहेको बताए ।  

वृत्तका प्रमुख एवं प्रहरी नायब उपरीक्षक फणिन्द्र प्रसाईंले बसुन्धरा क्षेत्रको शान्ति सुरक्षालाई मजबुत बनाउन संगम क्लबले ठूलो सहयोग पुर्‍याएको बताउँदै आगामी दिनमा पनि सहयोग पुग्ने विश्वास व्यक्त गरे । क्लबका अध्यक्ष हिक्मत शेरचनले शान्तिपूर्ण समाज निर्माणका लागि क्लबले सीसीटीभी जडान गरेको जानकारी दिए । 

१३ लाख रुपैयाँको लगानीमा जडान गरिएको सीसीटीभीको महानगरीय प्रहरी प्रभाग तिलिङ्गाटारमा कन्ट्रोल कक्ष राखिएको छ । सीसीटीभी निर्माणका लागि वृत्त महाराजगञ्जले एक लाख ५० हजार रुपैयाँ आर्थिक सहयोग गरेको थियो । 

salt training

कमेन्ट गर्नुहोस्