०२ असार २०८३, मंगलबार

पार्टीभित्रैबाट विप्लवमाथि वार्ताको दवाव, वार्ता पक्षधरले दिए यस्तो चेतावनी

बैशाख ८, २०७६
पार्टीभित्रैबाट विप्लवमाथि वार्ताको दवाव, वार्ता पक्षधरले दिए यस्तो चेतावनी

काठमाडौं–नेकपा महासचिव नेत्रविक्रम चन्द विप्लवमाथि दलभित्रैबाट सरकारसँग वार्ता गर्न दवाव परेको छ । 
आजको अन्नपूर्ण पोस्ट दैनिक लेख्छ–पोलिटब्यूरो सदस्य तथा पूर्वीकमाण्ड इन्चार्ज अनिल शर्मा, पोलिटब्यूरो सदस्य पदम राईलगायतले सरकारसँग वार्ता गर्न दवाव दिएका हुन् । 
महासचिव विप्लव भने तत्काल सरकारसँग वार्ता गर्ने पक्षमा छैनन् । यद्यपि उनी सरकारले नेतृत्व गरिरहेको नेकपाका केही शीर्ष नेतासँग प्रत्यक्ष–अप्रत्यक्ष सम्पर्कमा छन् । 
नेताहरुले वार्ताका लागि तयार नदेखिए सरकारसँग वार्ताको पहल थाल्ने चेतावनी समेत विप्लवलाई दिएको पार्टीनिकट स्रोतले बतायो । 
 

salt training

कमेन्ट गर्नुहोस्