०३ असार २०८३, बुधबार

मनकामना जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो, २ जनाको मृत्यु

मनकामना जाँदै गरेको बस त्रिशूली नदीमा खस्यो, २ जनाको मृत्यु
सांकेतिक तस्वीर

काठमाडौं– काठमाडौंबाट मनकामना दर्शनको लागि गएको बस दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ । 

आइतवार बा ४ ख १४१५ नम्बरको बस धादिङको बेनीघाट रोराङ-३ मा दुर्घटना हुँदा २ जनाको मृत्यु भएको गजुरी प्रहरी वृतका प्रहरी निरीक्षक नवराज ढुङ्गेलले लोकान्तरलाई जनाकारी दिए । 

रोराङमा घुम्ती मोड्ने क्रममा सडकबाट सय मिटर तल त्रिशूलीमा खसेको हो । 

घाइतेको उद्धार भइरहेको प्रहरीले जनाएको छ ।
 

salt training

कमेन्ट गर्नुहोस्