भक्तपुर, ५ चैत– आफ्नै छोराको कुटपिटबाट भक्तपुरमा एक जनाको ज्यान गएको छ ।
ठीमी नगरपालिका ८ स्थित पुरानो ठिमीका श्रीकृष्ण प्रजापतिको छोरा कृष्ण कुमार प्रजापतिको कुटपिटबाट मृत्यु भएको हो ।
घरायसी विवाद हुँदा कृष्णले बाबुमाथि कुटपिट गर्दा श्रीकृष्णको टाउकोमा गम्भीर चोट लागेको र ट्रमा सेन्टरमा उपचारको क्रममा शनिबार मृत्यु भएको हो ।
प्रहरीले कुमारलाई पक्राउ गरेर हिरासतमा राखेको छ भने घटनाबारे थप अनुसन्धान गरिरहेको छ