१० साउन २०८३, आइतबार

सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल : मोहनविक्रम

बैशाख १२, २०७६
सुशासन कायम गर्न र भ्रष्टाचार नियन्त्रणमा सरकार असफल : मोहनविक्रम

बुटवल- नेपाल कम्युनिष्ट पार्टी मसालका महामन्त्री मोहनविक्रम सिंहले वर्तमान सरकार सुशासन र भ्रष्टाचार नियन्त्रणमा बारम्बार असफल भएको आरोप लगाएका छन् ।  

‘निर्मला हत्याकाण्ड लगायतका घटनामा संलग्नलाई पक्राउ गर्न नसक्नु, यातायात सिण्डिकेट खारेजको घोषणा गर्ने तर व्यवहारमा कार्यान्वयन नगर्ने, समयमा काम नगर्ने ठेकेदारलाई कारबाही नगर्ने भ्रष्टाचारीलाई कारवाही नगर्ने, राष्ट्रियता विरुद्धमा नागरिकता विधेयक ल्याउने कामले सरकार असफल भयो,’ रिपोर्टर्स क्लब प्रदेश ५ कार्यालय बुटवलमा बिहीवार आयोजित साक्षात्कार कार्यक्रममा उनले भने ।

महामन्त्री सिंहले लोकतन्त्र, गणतन्त्रका विषयमा सरकारको नीति स्पष्ट भएको बताए तर यो सरकार राष्ट्रियताको अडानले सत्तामा आएको स्मरण गर्दै अहिले राष्ट्रियता कहाँ हरायो ? भन्दै प्रश्न गरे । 

उनले भने, ‘राष्ट्रियताको बिषयमा सरकारले ढुलमुलको नीति अवलम्बन गरेको छ, नागरिकता विधेयक र गृह मन्त्रालयको सर्कुलरले राष्ट्रियताको धज्जी उठाएको छ ।’

यो सरकार अपदस्थ बनाउने चर्चा चलिरहेको भन्दै उनले आफ्नो पार्टी त्यसमा सहमत नभएको बताए । नेपालको रााष्ट्रियता, सार्वभौमिकता र अखण्डतामा  भारतीय विस्तारवादबाट खतरा रहेको उनको दाबी छ । सरकार कमजोर बन्दा गणतन्त्र विरोधी शक्तिहहरू चलखेल गरिरहेको उनको भनाइ छ । 

संघीयताले मुलुकलाई बलियो नभई कमजोर बनाउने भएकाले संघीयतासँगै प्रदेश सरकार खारेज गरी स्थानीय तहलाई बलियो र अधिकार सम्पन्न बनाउनुपर्नेमा उनको जोड छ ।

सरकारले भूमाफियालाइ कारवाही गर्न नसके समृद्धि प्राप्त हुन नसक्ने बताउँदै सरकारी जग्गा हडप्नेलाई तत्काल कानूनी कारवाही गर्नुपर्ने उनको ठहर छ ।

सरकारले सीके राउतसँग ११ बुँदे सहमति गर्नु सकारात्मक भएपनि जनमत संग्रह गरेर मुलुक विभाजन गर्न नसकिने प्रष्ट पारे । 
 

salt training

कमेन्ट गर्नुहोस्