
काठमाडौं- बढ्दो गर्मी मौसमलाई मध्यनजर गर्दै सीजीले विभिन्न प्रकारका फ्यान र कुलरहरू हालै बजारमा ल्याएको छ ।
फ्यानहरूमा सिलिङ, टेबल, स्टाण्ड र अलपर्पोज फ्यानहरू रहेका छन् । सिलीङ फ्यान विभिन्न स्वरूप र रंगहरूमा उपलब्ध छन् । यसको गति अरू फ्यानको तुलनामा एकदमै धेरै छ । यसमा प्रयोग गरिएको ब्लेडहरू एकदमै आकर्षक डिजाइन र रंगहरूमा रहेका छन् ।
यो फ्यान चलाउँदा आवाज पनि केही नआउने भएकोले यसको माग एकदमै धेरै छ । त्यस्तै स्टाण्ड फ्यानमा पनि विभिन्न आकर्षक रंगहरू र डिजाइनमा उपलब्ध छन् । यसमा अब रिमोट पनि भएकोले तपाईंले यसलाई सजिलै चलाउन सक्नुहुनेछ । अरू टेबल, वाल र अलपर्पोज फ्यानहरूको पनि एकदमै माग बढेको कम्पनीले जनाएको छ ।
सीजीले एसीको आनन्द अब सस्तो मूल्यमा विभिन्न मोडलहरू बजारमा ल्याएको जनाएको छ । यो कुलरमा आइस च्याम्बर, पावरफुल मोटर, बढी क्षमताको पानी ट्याङकी जस्ता अरू पनि धेरै विशेषताहरू रहेका छन् ।