२२ जेठ २०८३, शुक्रबार

केन्द्रीय सदस्य हिमाल शर्माले स्वीकारे काठमाडौं जिल्लाको सचिव पद

बैशाख १३, २०७६
केन्द्रीय सदस्य हिमाल शर्माले स्वीकारे काठमाडौं जिल्लाको सचिव पद

काठमाडौं -पार्टीले सुम्पेको जिम्मेवारीलाई आत्मसात गर्दै बाँकी रहेको एकता प्रक्रियालाई अन्तिम टुंगोमा पुर्‍याउनु आफ्नो कर्तव्य रहेको भन्दै नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का केन्द्रीय सदस्य हिमाल शर्माले काठमाडौंको सचिव पद स्वीकारेका छन् ।

शुक्रवार सामाजिक संजाल फेसबुकमा लामो स्ट्याटस लेख्दै शर्माले केन्द्रीय सदस्य हुँदाहुँदै पनि काठमाडौँ जस्तो महत्त्वपूर्ण जिल्लामा पाएको सचिवको जिम्मेवारीलाई सृजनात्मक बनाउने कोशिश गर्ने बताएका छन् ।

'परिवर्तनको लागि पार्टीको आदेशमा मर्न जा भन्दा स्विकारियो,' उनले आफ्नो स्ट्याटसमा उल्लेख गरेका छन्, 'पार्टीको निर्णय प्रधान हो, व्यक्तिको चाहाना गौण भन्दै गत निर्वाचनको लागि उमेदवारको विषयमा मन खुम्चाइएन । जहिलै पार्टी निर्णय मुख्य ठानेर आफ्नो विषय सहायक सम्झेको छु । यसपाली पनि यसै गरी बुझेको छु ।'

पार्टीको केन्द्रीय कमिटीको जिम्मेवारी लिएका शर्माले आफूलाई काठमाडौँको जिल्ला सचिव बनाउन लागेको थाहा पाएपछि गत सोमवार सचिवको जिम्मेवारी कसैलाई दिन पाउनुपर्ने आशय व्यक्त गरेका थिए ।

salt training

कमेन्ट गर्नुहोस्