काठमाडौं– नेपालमा रोजगारीको क्षेत्रमा पुरुषभन्दा महिला झण्डै दोब्बरले कम रहेको पाइएको छ ।
केन्द्रीय तथ्याङ्क विभागका अनुसार रोजगारीको क्षेत्रमा पुरुषकोभन्दा महिलाको संख्या झण्डै दोब्बरले कम रहेको पाइएको हो ।
नेपालको शहरी तथा ग्रामीण क्षेत्रमा कुल २६ लाख ४० हजार महिला रोजगारीको क्षेत्रमा रहेका विभागको तथ्याङ्क छ । विभागको तथ्याङ्क अनुसार ४४ लाख ४६ हजार पुरुष शहरी तथा ग्रामीण क्षेत्रमा रोजगारीको क्षेत्रमा रहेका छन् ।
१५ वर्ष र सोमाथि उमेर समूहको जनसंख्या २ करोड ७ लाख ४४ हजार रहेको र त्यसमा ७० लाख ८६ हजार रोजगारीको क्षेत्रमा रहेको विभागको तथ्याङ्क छ ।
रोजगारीको क्षेत्रमा रहेको जनसंख्या कुल जनसंख्याको ३४ दशमलव २ प्रतिशत रहेको विभागले जानकारी दिएको छ ।