२० असार २०८३, शनिबार

बालबालिकालाई विद्यालय पुग्न २ घण्टा पैदल

बैशाख १४, २०७६
बालबालिकालाई विद्यालय पुग्न २ घण्टा पैदल

हुम्ला – हुम्लाको खार्पुनाथ गाउँपालिका–१ मा रहेको चिसामूल गाउँका बालबालिकालाई विद्यालय पुग्न समस्या भएको छ ।

वडा नम्बर १ चिसामूल गाउँका १५ घरधुरीका २५ ५ देखि ७ वर्षसम्मका बालबालिकाका लागि बाल विकास केन्द्र नहुँदा उनीहरू २ घण्टासम्म हिँडेर अध्यानका लागि जाने गरेको स्थानीय टसी विष्टले जानकारी दिए ।

अध्ययनका लागि गाउँमा केन्द्र नहुँदा वडा नम्बर २ मा रहेको गोक्पा गाउँकोे भानुभक्त आधारभूत विद्यालय पुग्न बिहान ७ बजे नै घरबाट निस्कने गरेको उनको भनाइ थियो । भीरको बाटो भएर विद्यालय जानुपर्ने भएकाले हावाहुरी र वर्षाको समयमा बालवालिकालाई विद्यालय पठाउन समस्या पर्दै आएको  विष्टले बताए ।

salt training

कमेन्ट गर्नुहोस्