०८ साउन २०८३, शुक्रबार

यस्तो रह्यो साताभरको शेयर बजार

बैशाख १४, २०७६
यस्तो रह्यो साताभरको शेयर बजार

काठमाडौं- नयाँ वर्षको शुरूसँगै धितोपत्र बजारमा शेयरको मूल्यमा उच्च अंकको वृद्धि भएको छ । कारोबार रकममा समेत उच्च वृद्धि भएको छ । शेयर बजारले लय समातेको पाइएको छ । 

आइतवार कारोबार मापक नेप्से परिसूचक ३१.८९ विन्दुले बढेर एक हजार २६४.२० बिन्दुमा पुग्यो । स्टकका अनुसार सो दिन कूल १७१ कम्पनीको ३३ लाख ७५ हजार १५३ कित्ता शेयर एक अर्ब तीन करोड ६९ लाख ३२ हजार ७३२ मूल्य रुपैयाँमा खरीद–बिक्री भए । बजार पूँजीकरणमा समेत वृद्धि भई १५ खर्ब रुपैयाँ माथि पुग्यो । 

लगातार उकालो लाग्दै आएको शेयर बजार सोमवार भने बिराम लाग्यो । सो दिन कारोबार मापक नेप्से परिसूचक ७.२६ बिन्दुले घटेर एक हजार २५६.९४ बिन्दुमा झर्‍यो । उक्त दिन कूल १६८ कम्पनीको ३२ लाख ५९ हजार ४९६ कित्ता शेयर एक अर्ब चार करोड ६० लाख ३९ हजार रुपैयाँमा खरीद बिक्री भए । 

मंगलवार नेप्से परिसूचक ३.७४ बिन्दुले बढेर एक हजार २६० बिन्दुमा पुग्यो । सो दिन कूल १७६ कम्पनीको १८ लाख एक हजार ५२२ कित्ता शेयर ६१ करोड ४१ लाख ४७ हजार ४११ रुपैयाँमा कारोबार भए । मंगलवार झिनो अंकको सुधार आएको शेयर बजार बुधवार भने दोहोरो अंकले वृद्धि भएको छ ।

बुधवार कारोबार मापक नेप्से परिसूचक १९.१४ बिन्दुले बढेर एक हजार २७९.२९ बिन्दुमा पुग्यो । यस्तै साताको अन्तिम दिन बिहीवार शेयर बजार दोहोरो अंकको वृद्धि भयो । कारोबार मापक नेप्से परिसूचक १२.८३ बिन्दुले बढेर एक हजार २९२.१२ बिन्दुमा पुगेको छ । कूल १७६ कम्पनीका ४५ लाख १९ हजार ५८२ कित्ता शेयर एक अर्ब ३५ करोड ७५ लाख ५४ हजार २२१ रुपैयाँमा कारोबार भए ।  

साताभर बजारमा वाणिज्य बैंककै दबदबा कायम रह्रयो । नेपाल बैंक लिमिटेड, जनता बैंक, प्रभु बैंक, एनसिसी बैंक, सिभिल बैंक, ग्लोबल आईएमई बैंकलगायतका वाणिज्य बैंकको शेयर अग्रस्थानमा रह्यो । यस साता लक्ष्मी बैंकको ६९ लाख ८८ हजार ४१६ कित्ता बोनस शेयर स्टकमा सूचीकृत भएको छ । 

salt training

कमेन्ट गर्नुहोस्