
हुम्ला– हुम्लाको ताजाकोट गाउँपालिकामा अज्ञात रोगबाट ९ जनाको ज्यान गएको खबर आजको गोरखापत्र दैनिकमा छापिएको छ ।
यस्तै २५० भन्दा बढी बिरामी परेका छन् । विशेषज्ञ चिकित्सक तथा स्वास्थ्यकर्मीको अभावले गर्दा मृत्यु भएकाको रोग पत्ता लागेको छैन ।
स्थानीय कतिपयले भने स्वाइन फ्लूको आशंका परेका छन् । रोगले मानिस मरिरहेपनि औषधि उपचार पाउन सकेका छैनन् । रोगले सताएको गाउँ सदरमुकामबाट चारदिनको पैदल दूरीमा पर्छ ।
मृत्यु हुनेमा बालबालिका र वृद्धवृद्धा धेरै रहेका छन् ।