३० असार २०८३, मंगलबार

भारतीयलाई नागरिकता बनाइदिने समूह सक्रिय

बैशाख १५, २०७६
भारतीयलाई नागरिकता बनाइदिने समूह सक्रिय

झापा– रकम लिएर भारतीय नागरिकलाई नेपाली नागरिकता बनाइदिने गिरोह झापा सक्रिय रहेको पाइएको छ । 
गृह मन्त्रालयले जन्मसिद्धको छोराछोरीलाई बंशजको आधारमा नागरिकता दिन परिपत्र गरेयता गैरनेपाली नागरिकले स्थानीय जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि र स्थानीय नागरिकलाई प्रभावमा पारी कागजात मिलाएर नेपाली नागरिकता लिने क्रम बढेको पाइएको खबर आजको गोरखापत्र दैनिकमा खबर छापिएको छ । 
पछिल्लो पटक कचनकवल गाउँपालिका २ बस्ने बमबहादुर गुरुङ उनकी श्रीमती चन्द्रकला गुरुङले आफ्नो जेठो छोरा भन्दै भारतीय नागरिक भूपाल गुरुङलाई नेपाली नागरिकता बनाउन सम्पूर्ण प्रक्रिया पुर्याएर जिल्ला प्रशासन कार्यालय ल्याउने क्रममा पक्राउ परेपछि यसको रहस्य बाहिर आएको समाचारमा उल्लेख छ । 
 

salt training

कमेन्ट गर्नुहोस्