२५ जेठ २०८३, सोमबार

महिन्द्राको सर्भिस क्याम्प सम्पन्न

बैशाख १५, २०७६
महिन्द्राको सर्भिस क्याम्प सम्पन्न

वीरगञ्ज- नेपालमा महिन्द्रा गाडीहरूको एकमात्र आधिकारिक वितरक अग्नि ग्रुपले हालै वीरगञ्जमा महिन्द्रा ट्र्याक्टरहरूका लागि फ्री मेगा सर्भिस क्याम्प तथा स्वास्थ्य शिविर सम्पन्न गरेको छ ।

वैशाख ७ गतेदेखि ९ गतेसम्म सञ्चालित यस शिविरमा वीरगञ्जवासीहरूको उल्लेख्य सहभागिता रहेको थियो । 

फ्री सर्भिस क्याम्पमा लुब्रिकेन्ट, स्पेयर पार्ट्स तथा अन्य एक्सोसरिजहरूमा प्रदान गरिएको विशेष छुट प्रमुख आकर्षणका रूपमा लिइएको थियो । सर्भिस क्याम्पका सहभागी हुने विजेताहरूलाई आकर्षक उपहार पनि प्रदान गरिएको थियो ।

मनोज शाही, शोनालाल राउत तथा विरेन्द्र शाहले लक्की ड्र मार्फत उपहारसमेत जितेका थिए । 

यो मेगा सर्भिस क्याम्पमा दक्ष प्राविधिकहरूले साधनको परीक्षण गरेको थिए । साथै निःशुल्क स्वास्थ्य शिविर मुख्य आकर्षणका रूपमा लिइएको थियो । 

सन् १९९१ मा नेपालमा स्थापना भएको अग्नि ग्रुप प्रालि अन्तर्गत अग्नि इन्कर्पोरेटेड प्रालि अग्नि इनर्जी प्रालि, अग्नि मोटोइन्क प्रालि, बालाजु अटो वर्कस् प्रालि.रहेका छन् । यी कम्पनीहरूले महिन्द्रा युटिलिटि भेइकल, ट्र्याक्टर, टुह्वीलर तथा विद्युतीय कार तथा जेनेरेटरहरू बिक्री वितरण गर्दै आएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्