
काठमाडौं- पटक–पटक प्रदर्शन मिति सारिएको चलचित्र ‘कुम्भ करण’को नयाँ प्रदर्शन मिति तय गरिएको छ ।
चलचित्रको पोष्टर सार्वजनिक गर्दै जेठ १७ गतेका लागि नयाँ प्रदर्शन मिति सार्वजनिक गरिएको हो ।
दीपक ओली निर्देशित चलचित्रमा गौरव पहारी, निशा अधिकारी, भोलाराज सापकोटा, अभय बराल, प्रमोद अग्रहरी, आकाश पल, कुलदिप अधिकारी, कमल गाउँले लगायतका कलाकारको अभिनय छ ।
सस्पेन्स, कमेडी र लभस्टोरी जनराको चलचित्रमा महेश दवाडीको कथा, पटकथा तथा संवाद छ । आकाश पल ईन्टरटेन्मेन्टको प्रस्तुती रहेको चलचित्रको निर्मातामा चित्र बहादुर घर्ति मगर र क्षितिज बस्नेत रहेका छन् ।
चलचित्रमा सुरेन बसेलको कोरियोग्राफी, हरि घलेको छायाँकन तथा मिलन श्रेष्ठको सम्पादन रहेको छ ।
