२२ असार २०८३, सोमबार

लोकसभा निर्वाचन : प्रियंका-रेखादेखि टाइगरसम्मले गरे मतदान

बैशाख १६, २०७६
लोकसभा निर्वाचन : प्रियंका-रेखादेखि टाइगरसम्मले गरे मतदान

एजेन्सी- भारतमा चौथो चरणमा लोकसभा चुनाव भइरहेको छ । चौथो चरणमा महाराष्ट्रको १७ सिटका लागि सोमवार मतदान भइरहेको छ, जसमा ६ सिट मुम्बईमा पर्छ । चुनावमा ११६ उम्मेदवार चुनावी मैदानमा छन् ।

लोकसभा निर्वाचनलाई लिएर बलिउड सेलेब्रिटीहरूले पनि जोश देखाएका छन् । मतदान शुरू हुने बित्तिकै सबैभन्दा पहिला बलिउड सेलेब्रिटीमध्ये रेखाले भोट हालिन् । 

रेखाले बान्द्राको बूथ नम्बर २८३ बाट मतदान गरेकी हुन् । 

भोजपुरी अभिनेता रविकिशन मुम्बईको गोरेगांवमा भोट हाल्न पुगे । 

उत्तर मुम्बईदेखि कांग्रेश प्रत्यासी उर्मिला मातोंडकरले बान्द्राको पोलिङ बूथ संख्या १९० मा मतदान गरिन् । 

अभिनेता टाइगर श्राफले पनि बान्द्रा पुगेर मतदान गरे । 

 बलिउड अभिनेत्री प्रियंका चोपडाले मुम्बईको वर्सोवा पुगेर मतदान गरिन् । 

परेश रावल र उनकी पत्नी स्वरूप संपतले मुम्बईको विर्ले पार्लेबाट लोकसभा निर्वाचनमा भोट हाले । 

salt training

कमेन्ट गर्नुहोस्