
काठमाडौं- अभिनेत्री श्वेता खड्का बिरामी परेकी छन् ।
उनको दिल्लीको बीएलके सुपर स्पेसियालिटी अस्पतालमा शल्यक्रिया गरेर ट्युमर निकालिएको छ ।
शल्यक्रिया सफल भएपछि उनले दोस्रो जीवन पाएको बताएकी सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिएकी छन् ।
फिल्म ‘हेलो जिन्दगी’ को शूटिङका लागि लण्डन पुगेकी उनलाई स्वास्थ्यमा खराबी देखिएपछि अचानक दिल्ली पुर्याइएको थियो । लण्डन उड्नुअघि घाँटी र चिउँडो वरिपरि दुखेर अस्पताल जाँदा ‘ट्युमर हो र त्यसलाई केही समयपछि निकाले हुन्छ, अहिलेका लागि खासै ठूलो समस्या होइन’ भनेपछि ढुक्क भएर लण्डन गएको उनले बताइन् ।
उनले फेसबुकमा भनेकी छन्, ‘लण्डनमा केही दिनको शूटिङपछि एकाएक मलाई घाँटी र चिउँडोमा निकै पीडा हुनथाल्यो, ज्वरो पनि बेस्सरी आयो ।’
उनले अगाडि भनेकी छन्, ‘मलाई तत्काल दिल्ली लगियो । डा. सुरेन्द्र कुमार दबासले ‘रोबोटिक सर्जरी’ गरे र नेपालबाट डा. पंकजले सबै व्यवस्था मिलाइदिएपछि शल्यक्रिया सफल भयो ।’
तस्वीर : श्वेताको फेसबूकबाट