२१ असार २०८३, आइतबार

५० प्रतिशत चिनियाँमा यस्तो समस्या, आखिर किन ?

बैशाख १६, २०७६
५० प्रतिशत चिनियाँमा यस्तो समस्या, आखिर किन ?

बेइजिङ– चीनका आधाभन्दा बढी बालबालिका र किशोर किशोरीहरुमा नजिक देख्ने तर टाढा नदेख्ने समस्या रहेको पाइएको छ । 

राष्ट्रिय स्वास्थ्य आयोगले सोमबार पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार सन् २०१८ मा यस्तो समस्या भएका बालबालिका तथा किशोरकिशोरीहरुको संख्या ५३।६ प्रतिशत पुगेको छ ।

पछिल्ला केही बर्षमा बाल्यावस्था तथा किशोरावस्थामै आखाँको समस्या देखिने क्रम बढेको आयोगका एक जना उच्च अधिकारी झाङ योङले पत्रकारहरुलाई बताए ।  

उनीहरुले छ ‘डायोप्टर’ भन्दा बढी क्षमताको चश्मा लगाउने गरेका छन् । आँखाको समस्या भएका उनीहरुमध्ये धेरै प्रतिशतले उच्च माविमा अध्ययनरत रहेका छन् ।

टाढा हेर्ने र घर बाहिर हेर्ने अभ्यास कम हुनु, पर्याप्त ननिदाउनु, घर भित्रका र नजिक मात्रै हेरेर गर्ने काम धेरै गर्नु, विद्युतीय सामग्रीहरुमा धेरै समय आखाँ राखिरहनुलगायतका कारणले बालबालिका तथा किशोरकिशोरीहरुमा आँखाको समस्या बढ्दै गएको स्वास्थ्य अधिकारीहरुले बताएका छन् । 

salt training

कमेन्ट गर्नुहोस्