
चितवन – भरतपुर महानगरपालिका–२८ भङ्गाहमा गैंडाको आक्रमणबाट एक जनाको मृत्यु भएको छ ।
मृत्यु हुनेमा सोही स्थान निवासी ४६ वर्षीय खडेन्द्रकुमार महतो रहेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
महतोलाई माछा मारी घर फर्कने क्रममा गैंडाले आक्रमण गरेको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार गैंडाको आक्रमणबाट घाइते महतोको उपचारका क्रममा मंगलवार बिहान ३ः३० बजे चितवन मेडिकल कलेजमा मृत्यु भएको हो ।
महतोलाई गैंडाले सोमबार राति ९ बजे आक्रमण गरेको थियो ।