
काठमाडौं – जापानका सम्राट अकिहितोले मंगलवार गद्दीत्याग गरेका छन् ।
टोकियोमा आयोजित ऐतिहासिक समारोहमा अकिहितोले सम्राटका रूपमा जनतालाई अन्तिमपटक सम्बोधन गरे ।
जापानको शाही घरानाको २०० वर्षको इतिहासमा यसो गर्ने उनी पहिलो राजा हुन् ।
राजगद्दी छोड्ने प्रक्रिया शाही महलमा अनेकौं रीतिरिवाजका साथ आरम्भ भयो ।
८५ वर्षका सम्राछले गद्दी छोड्नका लागि कानूनै बनाएर अनुमति दिइयो किनकि उनको उमेर बढ्दै जाँदा र स्वास्थ्य खराब हुँदै जाँदा जिम्मेवारी निर्वाह गर्न असमर्थता जनाएका थिए ।
सम्राट अकिहितोका छोरा युवराज नारुहितो बुधवार राजगद्दीमा बस्नेछन् ।
जापानमा राजासँग राजनीतिक शक्ति हुँदैन तर उनलाई राष्ट्रिय प्रतीकका रूपमा लिइन्छ ।
राजगद्दी छोड्ने प्रक्रियामा सम्राट अकिहितोले राजगद्दी छोड्ने जानकारी सबभन्दा पहिले राजपरिवारका कुलदेवता र पूर्वजलाई सांकेतिक रूपमा दिए ।
त्यसपछि गद्दी छोड्ने आधिकारिक प्रक्रिया शाही महलमा हुनेछ ।
बीबीसीबाट